Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नक्कली लाइसेन्स बनाउने समूह पक्राउ

नक्कली लाइसेन्स बनाउने समूह पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७९ बुधवार • १७:२५:४८ बजे
  • 364
    SHARES
  • नक्कली लाइसेन्स बनाउने समूह पक्राउ

    नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउने समूहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

    images

    उपत्यकामा केही व्यक्तिहरुले लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमती पत्र बनाई प्रयोग गर्दै आईरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले उक्त कार्यमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा पोखरा महानगर-१ कास्की घर भई हाल नखीपोट बस्‍ने ३४ वर्षीया कञ्चन गुरूङ, लिखु गाउँपालिका-४ नुवाकवट घर भई हाल टोखा बस्‍ने ३८ वर्षीय अनिल राई र लिखु गाउँपालिका-४, नुवाकोट घर भई हाल तारकेश्वर बस्‍दै आएका ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गुरूङलाई रामशाहपथ, राईलाई सामाखुसी र तामाङलाई बालाजु पेयाँटारबाट पक्राउ गरेको हो ।

    पक्राउ परेकाहरूलाई लिखत सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि प्रहरी परिसर टेकु पठाइएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # नक्कली लाइसेन्स
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology