Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महाशिवरात्रिका लागि तयारी पूरा, २० लाख दर्शनार्थी आउने अनुमान

महाशिवरात्रिका लागि तयारी पूरा, २० लाख दर्शनार्थी आउने अनुमान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ३, २०७९ बुधवार • १७:२८:४३ बजे
  • 499
    SHARES
  • महाशिवरात्रिका लागि तयारी पूरा, २० लाख दर्शनार्थी आउने अनुमान

    महाशिवरात्रिका लागि पशुपति क्षेत्र विकास कोषले सम्पूर्ण तयारी पूरा गरेको छ । बुधवार पशुपतिमा पत्रकार सम्मेलन गर्दै कोषले शिवरात्रिका लागि आवश्यक तयारी पूरा भएको जनाएको हो । शिवरात्रि पर्व फागुन ६ गते परेको छ ।

    images

    नेपाल स्काउट समेतका गरी करिब चार हजार जना स्यंसेवकहरु परिचालन गर्ने र सादा पोशाकमा समेत प्रहरीहरू परिचालन गरी मेला क्षेत्रमा विशेष अनुगमन गरिने कोषका कोषाध्यक्ष एवं प्रचारप्रसार उपसमिति संयोजक नारायणप्रसाद सुवेदीले जानकारी दिए ।

    पशुपति क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारको नशालु पदार्थ तथा गाँजा–भाङ, जाँड–रक्सी लगायतको बिक्री वितरण, ओसारपसार भण्डारण एवं प्रयोग गरे कारबाही गर्ने कोषले जनाएको छ । गत वर्ष करिब १४ लाख दर्शनार्थीले आराध्यादेव पशुपतिनाथको दर्शन गरेको र यस वर्ष २० लाख दर्शनार्थी आउने अनुमान कोषले गरेको छ ।

    शिवरात्रीका दिन पशुपतिनाथको चारै वटा ढोका बिहान तीन बजे खुल्ला गरिने र पशुपति प्रवेशका लागि विभिन्न स्थानबाट चार वटा लाइनको व्यवस्था गरिएको प्रचारप्रसार उपसमिति संयोजक सुवेदीले जानकारी दिएको छ ।

    शिवरात्रिका दिन भगवान् शिवको पूजा आराधनाका लागि लाइनमा बसेका बिरामीहरूलाई लक्षित गरेर स्वास्थ्य शिविर पनि सञ्चालन हुने कोषले जानकारी दिएको छ । त्यस्तै एम्बुलेन्स र आपत्कालीन अवस्थाका लागि कोषले दमकल समेत तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको बताएको छ ।

    शिवरात्रिमा लाखौँको सङ्ख्यामा आउने दर्शनार्थी, भक्तजनहरूको सङ्ख्या र समग्र व्यवस्थापनलाई समेत मध्यनजर गर्दै कोषले पर्यटन मन्त्री सुदन किरातीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी विभिन्न कार्यहरू गरिरहेको जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # महाशिवरात्रि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology