Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दुई पुरुष मृत भेटिए

दुई पुरुष मृत भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १०:३४:५१ बजे
  • 481
    SHARES
  • दुई पुरुष मृत भेटिए

    मोरङका अलगअलग स्थानमा २ जना पुरुष मृत फेला परेका छन् ।

    images

    बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत फेला परेका हुन् । सुतिरहेको अवस्थामा मृत फेला परेका पुरुषको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।

    उनका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

    त्यस्तै सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् ।

    उत्तानो परेको र शरीरको आधार भाग पानीमा डुबेको अवस्थामा राति साढे ९ बजेतिर शव भेटिएको डीएसपी कार्कीले बताए । उनका अनुसार शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

  • सम्बन्धित विषय:

  • # दुई पुरुष मृत भेटिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology