Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लमहीका सामुदायिक बनमा ‘बाघ आतंक’

लमहीका सामुदायिक बनमा ‘बाघ आतंक’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १०:४५:३४ बजे
  • 295
    SHARES
  • लमहीका सामुदायिक बनमा ‘बाघ आतंक’

    विगत डेढ महिना अघिदेखि देउखुरीका विभिन्न सामुदायिक बनमा बाघ आतंक बढेको छ । सामान्य घरखर्चका लागि पालिएका देखि व्यवसायीक रुपमै फार्म खोलेर पालिएका बाख्राहरु चरिचरणका लागि जंगल लैजाँदा दैनिक रुपमा बाघले खाइदिने गरेको छ ।

    images

    दिनानुदिन बढ्दै गएको बाघ आतंकले आफुहरु चिन्तित र भयभीत बनेको देउखुरीको जखेरा सामुदायिक बनमा आश्रीत उपभोक्ताहरुको गुनासो छ ।

    गत सोमबार राती लमही नगरपालिका–१ को रुनेमा फार्ममै पसेर बाघले बसन्तराज अधिकारीका १७ वटा बाख्रामाथी आक्रमण गरेको थियो । ती सबै बाख्राहरु मृत भेटिएका छन् ।

    बाघ आतंकले आफुलाई गहिरो मारमा पारेको पिडित अधिकारीको भनाइ छ । यस्तै गत मंगलबार दिउँसो चरिचरणका लागि जंगल लगेका लमही नगरपालिका–३ जखेरा तालका सुकबहादुर डाँगीका ४ वटा बाख्रा बाघले मारिदिएको छ ।

    त्यस्तै मंगलबार राती नै लमही नगरपालिका ३ कै सुकबहादुर कुमालको खोरमै पसेर एउटा बाख्रा बाघले खाइदिएको पिडित कुमालको भनाइ छ । यसअघि पनि लमही नगरपालिका–३ कै लोकमणी बन्जाडेले जंगल चराउन लगेका ३ वटा बाख्रा बाघले एकै स्थानमा मारिदिएको थियो ।

    हिंस्रक बाघको त्रासले अचेल बाख्राहरु जंगल लैजान छाडेपछि बाघ गाउँमै पस्न थालेकाले त्यस क्षेत्रका सर्वसाधारणहरु त्रसित बनेका छन् । बाघले एकपछि अर्को गर्दै दैनिक आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेका छन् ।

    भोलिका दिनमा मानविय क्षति नहोला भन्न नसकिने लमही नगरपालिका ३ जखेरा तालका स्थानीय कृष्णबहादुर थापा बताउँछन् ।

    सम्बन्धित निकायले छिटोभन्दाछिटो समस्याको समाधान गर्नतर्फ ध्यान नदिए निकट भविष्यमै यसले झनै भयावह स्थिति उत्पन्न गर्नसक्ने पीडित बाख्रा पालक कृषकहरुको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # बनमा ‘बाघ आतंक’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology