Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अस्पतालको बेडमा रहेका सांसद चन्द्र भण्डारीले गुमाए आमा

अस्पतालको बेडमा रहेका सांसद चन्द्र भण्डारीले गुमाए आमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १२:३४:४३ बजे
  • 712
    SHARES
  • अस्पतालको बेडमा रहेका सांसद चन्द्र भण्डारीले गुमाए आमा

    नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीका आमा हरिकला भण्डारीको निधन भएको छ ।

    images

    बुधबार राति खाना पकाउने ग्यास सिलिण्डर पण्डिएर गम्भीर घाइते भएका ८६ वर्षकी हरिकलाको उपचारको क्रममा कीर्तिपूरस्थित बर्न अस्पतालमा १०ः५७ बजे निधन भएको हो ।

    अस्पतालले विज्ञप्ति जारी गर्दै उनको शरीर ७० प्रतिशत जलेको बताएको थियो । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । तर, उनको पनि अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

    गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएका थिए ।

    भण्डारीको अनुहार, दुवै हात र दुवै खुट्टा गरी करिब ३० प्रतिशत भाग जलेको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology