Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बालाजुमा तोडफोड र लुटपाट गर्ने थप १२ जना पक्राउ

बालाजुमा तोडफोड र लुटपाट गर्ने थप १२ जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ४, २०७९ बिहिवार • १२:३८:३७ बजे
  • 409
    SHARES
  • बालाजुमा तोडफोड र लुटपाट गर्ने थप १२ जना पक्राउ

    बालाजुस्थित लोत्से मलमा तोडफोड र लुटपाट गर्ने मुख्य १२ जना पक्राउ परेका छन् ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले १२ जनालाई बुधबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका अधिकांश व्यक्तिहरू चालक, सहचालक तथा यसअघि पनि विभिन्न अपराधिक घटनामा संलग्न रहेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत बालाजु र महाराजगन्ज पठाइएको एसएसपी मनोज केसीले बताए ।

    गत सोमबार यातायात मुजदुर संघ तथा संगठनले बालाजु क्षेत्रमा ट्राफिक कारबाहीको विषयलगायत विभिन्न १० बुँदे माग राखी गरेको आन्दोलनका क्रममा प्रहरीको गाडी, प्रहरी बिट तथा ट्राफिक आइल्यान्ड तोडफोड तथा आगजनी गरेको आरोपमा यसअघि ६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

    हालसम्म यातायात मजदुरको प्रदर्शन भड्किएपछिको तोडफोड, आगजनी र लुटपाटमा संलग्न १८ जना पक्राउ परिसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology