Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ग्रीनको अर्धशतकमा नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

ग्रीनको अर्धशतकमा नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ६, २०७९ शनिवार • १२:५४:३६ बजे
  • 583
    SHARES
  • ग्रीनको अर्धशतकमा नामिबियाले नेपाललाई दियो २७५ रनको लक्ष्य

    आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भइरहेको खेलमा नामिबियाले नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । जान ग्रीनले अविजित ७५ रन बनाएपछि पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभर खेल्दै ६ विकेट गुमाएर २७४ रन बनाएको हो ।

    images

    ग्रीनले ६३ बल खेल्दै ११ चौका र १ छक्का प्रहार गरे । १३८ रनमा पाँच विकेट गुमाएको नामिबियाका लागि जान ग्रीन र पिक्की या फ्रान्सले ९४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । ग्रीनले अन्तिम ११ बलमा रुबेन ट्रम्पलमेसँग अविजित ४४ रनको साझेदारी गरे । नामिबियाले अन्तिम १० ओभरमा ११५ रन जोडेको थियो ।

    ४९औं ओभरमा सोमपाल कामीले नन पिक्की या फ्रान्सलाई रनआउट गर्दै यो साझेदारी तोडेका थिए । यस्तै नन स्ट्राइकर एन्डमा रहेका फ्रान्स अर्धशतक बनाउनबाट समेच एक रनले चुके ।

    सातौं नम्बरमा ब्याटिङ गरेका फ्रान्सले ३९ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ४९ रन बनाए । त्यसपछि लो हान्ड्रे लौरेन्स र कार्ल विर्केन्स्टोकले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका थिए । लौरेन्सले ४१ र कार्लले २० रन बनाए । दुवैलाई सन्दीप लामिछानेले लगातार ओभरमा आउट गर्दै नेपालले सफलता दिलाएका थिए ।

    यस्तै माइकल भान लिगेनले २२ रन बनाए भने कप्तान गेर्हार्ड एरासमस र जान निकोल लोफ्टी एटोनले समान १५ रन जोडे । नेपालका लागि सन्दीपले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिए । अघिल्लो खेलमा ५ विकेट लिएका करणले आज १ विकेट मात्र लिए । त्यसका लागि उनले ९ ओभरमा ७० रन खर्चिए ।

    करण केसीले ९ ओभरमा ६१ रन खर्चेर १ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १० ओभरमा १ मेडन राख्दै ३७ रन खर्चिए तर विकेट लिन सकेनन् । नामिबियाका दुई खेलाडी रनआउट भए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology