Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७९ सोमवार • १०:२९:५४ बजे
  • 556
    SHARES
  • प्रधानसेनापतिसँग भारतीय सेनाका पूर्वप्रमुखको भेटवार्ता

    प्रधानसेनापति प्रभुराम शर्मासँग नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिने सिलसिलामा नेपाल भ्रमणमा रहेका भारतीय सेनाका पूर्वप्रमुखहरूले भेटघाट र छलफल गरेका छन् ।

    images

    सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापतिसहित समकक्षसँग उनीहरूले दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा केन्द्रित रही भेटघाट र छलफल गरेका हुन् ।

    भारतीय सेनाका पूर्वप्रमुख विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग नेपाल भ्रमणमा छन् । सेना दिवसका अवसरमा नेपाली सेनाले आजै जङ्गी अड्डामा आयोजना गरेको विविध सांस्कृतिक कार्यक्रममा समेत उनीहरू सहभागी भए ।

    यसअघि उनीहरूले आजै मुस्ताङको जोमसोम इलाकाको भ्रमण र मुक्तिनाथ मन्दिरको दर्शन गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    सैनिक मञ्च टुँडिखेलमा शनिबार आयोजना भएको सेना दिवस मुख्य समारोहमा उनीहरूले अतिथिका रूपमा भाग लिएका थिए । नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने अनुपम परम्परा छ ।

    नेपाली सेनाले यस वर्ष २६०औँ स्थापना दिवस मनाएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रधानसेनापति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology