Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन

उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७९ सोमवार • १३:३९:२० बजे
  • 544
    SHARES
  • उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्चमा सन्दीपको पुनरावेदन

    क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् ।

    images

    यसअघि उच्चले राष्ट्रिय टिमबाट विदेशमा खेल्न नपाउने फैसला गरेपछि उनी पुनरावेदनका लागि सर्वोच्च अदालत गएका हुन् । स्रोतका अनुसार सन्दीपको पुनरावेदन मुद्दाको पेशी १२ गतेलाई तोकिएको छ ।

    यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो । त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

    उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोडिदियो । तर, उनलाई विदेश जान अदालतले रोक लगाएको छ । यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।

    नेपाली क्रिकेट टीम यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न आगामी १३ गते दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीप सो टीममा रहने छैनन् । तर, यदि १२ गते सर्वोच्चको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीपलाई यूएई जान बाटो खुल्नेछ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology