Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बोराभित्र महिलाको शव भेटियो

बोराभित्र महिलाको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ८, २०७९ सोमवार • १६:५६:०१ बजे
  • 586
    SHARES
  • बोराभित्र महिलाको शव भेटियो

    मोरङको बुढीगंगा–२ अमाहिमा एक महिलाको शव भेटिएको छ ।

    images

    पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

    स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले बताए ।

    उनका अनुसार अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जनकुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ । यसबारे अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक महिलाको शव भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology