Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्दीपले लिए लगातार तीन विकेट

सन्दीपले लिए लगातार तीन विकेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ९, २०७९ मंगलवार • १०:४०:०८ बजे
  • 595
    SHARES
  • सन्दीपले लिए लगातार तीन विकेट

    आईसीसी विश्वकप लिग–२ को अन्तिम खेलमा बलिङको निम्तो पाएको नेपालले तेस्रो विकेट लिएको छ ।

    images

    त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डविरुद्धको जारी खेलमा स्पिनर सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन् ।

    सन्दीपले १४ औँ ओभरमो अन्तिम बलमा कप्तान रिची बेरिङटोनलाई एलबीडब्लु धरापमा पारे । रिची पहिलो बलमा नै आउट भए । त्यसअघि सन्दीपले १३ औ ओभरको पाँचौँ बलमा जर्ज मुन्सेलाई बोल्ड आउट गर्दै पवेलियनको बाटो देखाएका थिए ।

    नेपालविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका मुन्सेले ५० बलमा ९ चौका र २ छक्का मद्धतमा ६० रन बनाएका थिए । नेपालविरुद्ध पहिलो खेलमा आराम दिइएको मुन्सेलाई स्कटल्यानडले आजको खेलमा मैदान उतारेको थियो ।

    सन्दीपले नै सातौ ओभरको पाँचौ बलमा ओपनर कार्ल कोट्जरलाई एलबीडब्लु धरापमा पारेका थिए । १४ ओभरको समाप्तीमा स्कटल्यान्डले ३ विकेटको क्षतिमा ८९ रन बनाएर खेलिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # लगातार तीन विकेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology