Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सहकर्मी हत्यामा संलग्न सशस्त्रका जवान खत्रीलाई जन्मकैदको सजाय

सहकर्मी हत्यामा संलग्न सशस्त्रका जवान खत्रीलाई जन्मकैदको सजाय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १०, २०७९ बुधवार • ०९:३८:१० बजे
  • 433
    SHARES
  • सहकर्मी हत्यामा संलग्न सशस्त्रका जवान खत्रीलाई जन्मकैदको सजाय

    सप्तरीमा कार्यरत सशस्त्र प्रहरीको असईको हत्यामा संलग्न रहेको भन्दै अदालतले सशस्त्र प्रहरी जवानलाई जन्मकैदको फैसला सुनाएको छ ।

    images

    सप्तरी जिल्ला अदालतका न्यायाधीश नवीन कुमार जोशीको इजलासले हत्यमा संलग्न सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीलाई जन्मकैदको सजाय तोकेको हो ।

    खत्रीले ६ महिना अघि असई सत्यनारायण यादवको हत्या गरेको आरोपमा उनलाई जन्मकैदको सजाय सुनाएको हो । सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वाटर राजविराजमा दरबन्दी भई छिन्नमस्ता गाउँपालिका–३ मोहनपुरस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट (बीओपी)मा कार्यरत असई यादवको १९ असोज २०७९ मा हत्या भएको थियो ।

    खत्रीलाई जन्मकैदसहित ३ लाख क्षतिपूर्ति भराउने र फौजदारी कसूर पीडित राहत कोषमा २ हजार ८ सय रुपियाँ जम्मा गराउने फैसला भएको श्रेष्तेदार कुमार मास्केले जानकारी दिएका छन् ।

    नेपाल–भारत सीमाभन्दा तीन किलोमिटर दक्षिण भारत बिहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा पुनर्वासस्थित खोलामा यादवको शव २० असोजमा भेटिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology