Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने

संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०७७ शुक्रवार • २३:१५:१२ बजे
  • 3.4K
    SHARES
  • संसारकै अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउने
    संविधान दिवसको अवसरमा भोलि (असोज ३ गते) युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डाझलमलाउने भएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस २०७७ को सुखद अवसरमा भोलि साँझ ८ बजे दुबईस्थित संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफा र अबुधाबीस्थित एडीएनओसी भवनमा नेपालको राष्ट्रिय झण्डा झलमलाउने कार्यक्रम रहेको युएईका लागि नेपाली राजदूतले जनाएको छ ।
    युएईस्थित नेपाली दूतावासको अनुरोधमा गत वर्षझैं यस वर्ष पनि बुर्ज खलिफामा नेपालको राष्ट्रिय झण्डा झलमलाउन लागिएको हो। बुर्ज खलिफाको उचाई ८२९.८ मिटर रहेको छ। बुर्ज खलिफामा गत वर्ष संविधान दिवसको दिनमा पनि नेपालको राष्ट्रिय झण्डा झलमालाइएको थियो।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology