Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा 'अल मुजैनी कप' अन्तर नेपाली भलिबल प्रतियोगिता २४ फेब्रुअरीमा हुने

कुवेतमा 'अल मुजैनी कप' अन्तर नेपाली भलिबल प्रतियोगिता २४ फेब्रुअरीमा हुने

चन्द्र गाेतामे

चन्द्र गाेतामे

फाल्गुण १०, २०७९ बुधवार • १८:२७:४३ बजे
  • 859
    SHARES
  • कुवेतमा 'अल मुजैनी कप' अन्तर नेपाली भलिबल प्रतियोगिता २४ फेब्रुअरीमा हुने

    कुवेत - गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा 'अल मुजैनी कप' अन्तर नेपाली भलिबल प्रतियोगिता २४ फेब्रुअरीमा हुने भएको छ ।

    images

    5C2E5372-2B13-4965-A397-34F51FA6EC1B.jpeg
    कुवेतको राष्ट्रिय दिवस र लेबरेसन डेको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले अन्तर नेपाली खुला 'अल मुजैनी कप' भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । आगामी शुक्रबार महाबुल्ला स्थित भलिबल प्राङ्गणमा सो प्रतियोगिता हुनेछ ।

    अल मुजैनी एक्सचेन्जको प्रायोजनमा हुन लागेको भलिबल प्रतियोगिताबाट प्रथम हुने टिमले नगद २५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद १५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र र  तृतीय हुने टिमले नगद ७५/-  केडि , ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने छन ।

    उक्त भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । आगामी शुक्रवार बिहान ७:३० बजेदेखी खेल सुरु हुनेछ। भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

    कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी लगायत नेपाली दाजुभाई तथा दिदिबहिनीहरु उपस्थित भई खेलको मनोरञ्जन लिन आयोजकले अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology