Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने

कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • ०९:४०:३२ बजे
  • 733
    SHARES
  • कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने

    दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने भएको छ । सिजनल भिसामा दक्षिण कोरिया पुगेका ८० प्रतिशत बढी नेपालीहरु अवैध रूपमा उतै बसेको पाइएपछि कोरियाले तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो ।

    images

    मौसमी श्रमिकका रुपमा त्यहाँ पुगेका ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको पाइए तीन वर्ष प्रतिवन्ध लगाउने त्यहाँको नीति छ । सोहि नीतिअनुसार त्यहाँको अध्यागमन विभागले नेपालसँग तत्काल कुनै सम्झौता गर्न नसकिने त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।

    नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको दूतावासले जनाएको छ ।

    यसअघि बेलायत सरकारले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लागाएको थियो ।

  • सम्बन्धित विषय:

  • # मौसमी श्रमिक नलाने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology