Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आगोले जलेर एक महिलाको मृत्यु

आगोले जलेर एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • ११:०८:३३ बजे
  • 889
    SHARES
  • आगोले जलेर एक महिलाको मृत्यु

    सप्तरीमा आगोले जलेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

    images

    सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ३ मट्टीगढाक‍ो बन्दीलाल भगतको श्रीमती ५० बर्षिया दरोपति कुमारी भगतको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

    भगत आफ्नै घर पछाडि बाटोमा बालेको आगो ताप्ने क्रममा आगो लाग्दा घाइते भएकी थिइन् । साडीमा आगो सल्की छाति देखि मुनिसम्म जलेर गम्भीर घाईते भएकी उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रबक्ता नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

    आगोले जलेर गम्भीर घाइते महिलाको गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा समान्य उपचार पश्चात थप उपचारको लागी बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पताल लगिएको थियो र उपचारपछि साबिक घर खडक नगरपालिका ११ बनौली लगिएको थियोे ।

    पुनः अवस्था बिग्रेपछि बोदेबर्साईन स्थित नाईना हेल्थ केयर डियोलोजेसटिक प्रा.लि.अस्पतालमा उपचार गरे पनि निको भएको थिएन ।

    उनको अबस्थामा सुधार नआएपछि थप उपचारको लागि पुनः गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता सिहले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # एक महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology