Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण ११, २०७९ बिहिवार • १३:१३:२२ बजे
  • 772
    SHARES
  • घट्यो सुनको भाउ

    नेपाली सुनचाँदी बजारमा आज पहेँलो धातु सुनको भाउ घटेकाे छ ।

    images

    आज (बिहिबार) छापावाल सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले घटेको हाे । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजारमा कारोबार भएको सुनको भाउ आज एक लाख दुई हजार पाँच सय तोकिएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार पाँच सय थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १० ले घटेर एक हजार दुई सय ८५ मा कायम भएको महासङ्घले जनाएको छ ।

    महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

  • सम्बन्धित विषय:

  • # घट्यो सुनको भाउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology