Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

महिला टी-२० : अष्ट्रेलिया विश्वकपको फाइनलमा

महिला टी-२० : अष्ट्रेलिया विश्वकपको फाइनलमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७९ शुक्रवार • ०९:५३:२९ बजे
  • 484
    SHARES
  • महिला टी-२० : अष्ट्रेलिया विश्वकपको फाइनलमा

    अष्ट्रेलिया आठौं संस्करणको महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

    images

    गएराति दक्षिण अफ्रिकाको केपटाउनमा भएको पहिलो सेमीफाइनलमा साबिक विजेता अष्ट्रेलियाले भारतलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

    अष्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । भारतका लागि कप्तान हरमनप्रित कौरले ३४ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले ।

    जेमिनी रोड्रिगेजले ४३ रन बनाउँदा दिप्ती शर्माले अविजित २० रन बनाए । रिचा घोषले १४ तथा स्नेहा रानाले ११ रन बनाए । त्यस्तै अष्ट्रेलियाका लागि ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले समान २र२ विकेट लिए ।

    त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । अष्ट्रेलियाका लागि बेथ मुन्नीले ३७ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

    कप्तान मिन ल्यानिङले ३४ बलमा अविजित ४९ रन बनाउँदा अश्लिग ग्राडनिरले ३१ रन बनाए । अलेशा हिस्लीले २५ रन बनाउँदा ग्रेक ह्यारिसले ७ रन बनाए । भारतका लागि शिखा पाण्डेले २ तथा राधा यादव र दिप्ती शर्माले समान १–१ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # विश्वकपको फाइनलमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology