Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७९ शुक्रवार • ०९:५५:०० बजे
  • 526
    SHARES
  • हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    जंगली हात्तीको आक्रमणमा परी मकवानपुरमा पुनः एक जना पुरुषको मृत्यु भएको छ ।

    images

    बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय सन्तलाल माझीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

    प्रहरीका अनुसार बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरकाका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा राति ११ बजे उनको मृत्यु भएको हो ।

    सो घटना पछि बाग्मती प्रदेशका सांसद इन्द्र बानियाँले भनेका छन, ‘हात्ती नियन्त्रण, सुरक्षा र राहत कार्य यथाशिघ्र अघि बढाउन निकुन्ज, प्रशासन, सुरक्षा निकाय र स्थानीय तहसंग अनुरोध गर्दछु ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology