Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सन्दीपको मुद्दामा आज पेशी

सन्दीपको मुद्दामा आज पेशी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७९ शुक्रवार • १०:०४:५५ बजे
  • 631
    SHARES
  • सन्दीपको मुद्दामा आज पेशी

    सर्वोच्च अदालतले सन्दीप लामिछानेको मुद्दाको पेशी आजका लागि तोकेको छ ।

    images

    लामिछानेले हिजो सर्वोच्चमा दायर गरेको मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

    नाबालिग बलात्कारको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए।

    धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक बुँदाहरू हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।

    एक दिवसीय मान्यता जोगाइराख्न संघर्षरत नेपालले केही समयपछि युएईमा हुने क्रिकेट खेल्न सन्दीप जान नमिल्ने भएपछि उनले सर्वोच्चमा निवेदन दिएका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology