Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चुहानडाँडाको डढेलो अनियन्त्रित, १४ घर जलेर नष्ट

चुहानडाँडाको डढेलो अनियन्त्रित, १४ घर जलेर नष्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १२, २०७९ शुक्रवार • २०:४९:५७ बजे
  • 490
    SHARES
  • चुहानडाँडाको डढेलो अनियन्त्रित, १४ घर जलेर नष्ट

    तेह्रथुमको आठराई–६ चुहानडाँडाको हातिखर्कमा भएको अनियन्त्रित भएको छ । आगलागीबाट हालसम्म १४ घर जलेको गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए । अहिलेसम्म मानवीय क्षति भने नभएको उनले बताए ।

    images

    उनले आगो अहिले पनि नियन्त्रण बाहिर रहेको भन्दै पालिकाको टोलीसहित आफूहरु घटनास्थलमा रहेको बताए ।

    सुख्खाग्रस्त क्षेत्र भएको कारण आगो निभाउन कठिन भएको बताउँदै उनले भने, ‘सडक यातायातमार्फत दमकल आधा घण्टामा आइपुग्ने जानकारी पाएका छौं, तर दमकल जान नसक्ने ठाउँमा आगलागी भएको छ ।’ उनका अनुसार सशस्त्र प्रहरी, जनपथ प्रहरी, पालिकाको टोलीसहित स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेको छन् ।

    शनिबार दिउँसो करिब १ बजेबाटै नजिकैको जङ्गलमा लागेको डढेलो गाउँमा पसेको हो । सो वडाका वडाध्यक्ष कृष्ण बास्कोटाका झाडीजंगल धेरै रहेको हुँदा आगो नियन्त्रणमा कठिनाइ भएको छ ।

    आगो निभाउन खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णुप्रसाद पिठाकोटेका अनुसार गाउँको पुछारमा रहेको फक्चुवाखोला दोभानको जंगलबाट सल्किएको आगो गाउँको बीचमा रहेको माझीटार सामुदायिक वनमा सल्किएको थियो ।

    सो आगो हात्तिखर्क गाउँको बस्तीसम्म फैलिएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # १४ घर जलेर नष्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology