Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सडकमा प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु :कुलमान घिसिङको(विज्ञप्ति)

सडकमा प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु :कुलमान घिसिङको(विज्ञप्ति)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०७७ शनिवार • ११:२७:४६ बजे
  • 2.2K
    SHARES
  • सडकमा प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु :कुलमान घिसिङको(विज्ञप्ति)

    नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई पुनः नियुक्तिको माग गर्दै सडकमा भएको प्रदर्शन नगरिदिन अनुरोध गरेका छन् ।

    images
     

    कोरोनाको महामारी जस्तो संवेदनशील स्थितिलाई ध्यान दिँदै महामारीको संवदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिन अनुरोध गरेका छन् ।

    शनिवार एक विज्ञप्ति जारी गर्दै निवर्तमान निर्देशक घिसिङले भनेका छन्, ‘विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।’

    सरकारले आफूलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको र निरन्तरता वा परिवर्तन नियमित र स्वभाविक प्रक्रिया भएको भन्दै घिसिङले कार्यकारी नियुक्ति गर्ने सम्पूर्ण अधिकार सरकारमा निहित भएको स्पष्ट गरेका छन् ।

    विज्ञप्तिको पूर्णपाठ

    प्रेस विज्ञप्ति
    नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मेरो पुनर्नियुक्तिको माग गर्दै केही दिनदेखि संघीय राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा भइरहेको प्रदर्शनप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
    नेपाल सरकारले मलाई कार्यकारी निर्देशक नियुक्त गर्दा दिएको जिम्मेवारी मैले सफलतापूर्वक सम्पन्न गरी चार वर्षे कार्यकाल पूरा गरेको छु । प्राधिकरणको कार्यकारी नेतृत्वको निरन्तरता वा परिवर्तन नियमित एवं स्वाभाविक प्रक्रिया भएकाले यसलाई हामी सबैले आत्मसाथ गर्नै पर्छ । प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने सम्पूर्ण अधिकार नेपाल सरकारमा निहित भएकाले यस विषयमा उपयुक्त समयमा आवश्यक निर्णय हुने नै छ ।
    विश्वव्यापी रुपमा फैलिएको कोभिड—१९का कारण नेपाल पनि आक्रान्त भएको वेला मलाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिनु पर्ने माग राखी महामारीको संवेदनशील अवस्थामा सडकमा भिडभाड गरी प्रदर्शन नगरिदिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु ।

    कुलमान घिसिङ
    निवर्तमान कार्यकारी निर्देशक
    नेपाल विद्युत प्राधिकरण
    २०७७/०६/०३ शनिबार
    काठमाडौं ।

  • सम्बन्धित विषय:

  • # समाज
  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology