Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गोर्खा 'अल मुजैनी कप' भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखालाई

गोर्खा 'अल मुजैनी कप' भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखालाई

चन्द्र गाेतामे

चन्द्र गाेतामे

फाल्गुण १३, २०७९ शनिवार • १४:४३:५० बजे
  • 1.0K
    SHARES
  • गोर्खा 'अल मुजैनी कप' भलिबल प्रतियोगिताको उपाधि मगर संघ कुवेत शाखालाई

    कुवेत - गोर्खा स्पोर्टिङ क्लवको आयोजनामा सम्पन्न भएको 'अल मुजैनी कप' (Al Muzaini cup) अन्तर नेपाली भलिबल प्रतियोगिता उपाधि मगर संघ कुवेत शाखाले हात पारेको छ । 

    images

    B39EB091-E754-4854-A691-5112082BE413.jpeg
    कुवेतको राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसको अवसरमा गोर्खा स्पोर्टिङ क्लवले अन्तर नेपाली खुला 'अल मुजैनी कप' (Al Muzaini cup) भलिबल प्रतियोगिता महाबुल्लास्थित खेल मैदानमा २४ तारिकका दिन आयोजना गरेको थियो  । त्यसैगरी प्रतियोगितामा दोश्रो उपाधि कल्याणकारी नेपाली समाज कुवेत र तेश्रो उपाधि नमस्ते नेपाली रेस्टुरेन्टले हात पारेको छ ।

    C5CE5545-6B1B-4230-82B9-C7268617BC41.jpeg
    अल मुजैनी (Al Muzaini) एक्सचेन्जको मुख्य प्रायोजनमा भएको भलिबल प्रतियोगिताबाट प्रथम हुने टिमले नगद २५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय हुने टिमले नगद १५०/- केडि , ट्रफी, मेडल र प्रमाणपत्र र  तृतीय हुने टिमले नगद ७५/-  केडि , ट्रफी, मेडल र प्रमाणपत्र हात पारेका छन । भलिबल प्रतियोगितामा १२ टिमको सहभागिता रहेको थियो । 

    कुवेतमा कृयाशिल नेपाली सँघ संस्थाका प्रतिनिधि, पत्रकार, कलाकार, खेलाडी लगायत खेल प्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो । अल मुजैनी (Al Muzaini) का हेड सेल्स एण्ड मार्केटिङ म्यानेजर स्मिजिथ  गिरिजन (Head Sales & Marketing Manager Mr Smijith Girijan) र मार्केटिङ टिम लगायतको उपस्थिति रहेको थियो । साथै अल मुजैनी (Al Muzaini) एक्सचेन्जले आफ्ना  ग्राहकहरुलाई आकर्षक उपहार समेत  वितरण गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology