जनता समाजवादी पार्टी, नेपाल (जसपा)की नेतृ एवं प्रतिनिधिसभा सदस्य सहनाज रहमानको निधन भएको छ ।
भक्तपुरको ध्याम्पे डाँडामा वनभोज गएकी सांसद रहमानलाई एक्कासी ह्रदयघात भएको थियो । ह्रदयघात भएलगत्तै मध्यपुर ठिमी अस्पताल पुर्याइएकी उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । झापा घर भएकी रहमान ६२ वर्षकी थिइन् ।
उनको शव ३ःः३० बजे पार्टी केन्द्रीय कार्यालयमा राख्ने र श्रद्धाञ्जली दिने कार्यक्रम रहेको जसपाको प्रचार विभागले जानकारी दिएको छ । यसैबीच रहमानको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका हुन् ।