Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पल शाहको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदै

पल शाहको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७९ आइतवार • १०:०२:३५ बजे
  • 313
    SHARES
  • पल शाहको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदै

    अभिनेता पल शाहको पुनरावेदन मुद्दामा आज सुनुवाई हुँदैछ ।

    images

    जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफुले सफाई पाउनुपर्ने माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुने भएको हो ।

    जिल्ला अदालत नवलपुरले नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ ।

    सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन् । उता सरकारी वकिल पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन् ।

    आज दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको हो । हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ ।

  • सम्बन्धित विषय:

  • # पल शाहको पुनरावेदन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology