Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

महिला विश्वकप : उपाधिका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

महिला विश्वकप : उपाधिका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १४, २०७९ आइतवार • १०:४८:५७ बजे
  • 577
    SHARES
  • महिला विश्वकप : उपाधिका लागि दक्षिण अफ्रिका र अस्ट्रेलिया भिड्दै

    आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनल आज हुँदै छ ।

    images

    नेपाली समयअनुसार साँझ पौने सात बजे सुरु हुने खेलमा उपाधिका लागि दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँनेछ । घरेलु टोली दक्षिण अफ्रिका महिला र पुरुष क्रिकेटको कुनै पनि फरम्याटको विश्वकप फाइनलमा पुगेको यो पहिलो पटक हो ।

    साविक विजेता अस्ट्रेलिया भने सातौँ पटक टी ट्वान्टी विश्वकप फाइनल खेल्दैछ । त्यसमध्ये उसले पाँच उपाधि जितेको छ । अस्ट्रेलियाले सेमिफाइनलमा भारतलाई ५ रनले पराजित गरेको थियो ।

    दक्षिण अफ्रिकाले इंग्ल्यान्डलाई ६ रनले हराएको थियो । अस्ट्रेलियाकी कप्तान मेग लेनिङले दुवै टिमलाई उत्तिकै दबाब हुने बताएकी छन् । दक्षिण अफ्रिकाकी कप्तान सेने लीले आफ्नो टिम इतिहास रच्न लालायित रहेको प्रतिक्रिया दिइन् ।

    जारी प्रतियोगितामा यी दुई टोली दोस्रो पटक आमने–सामने हुँदैछन् । यसअघि समूह चरणमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology