२०७३ भदौ २९ गते नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त हुँदा देशमा १२ देखि १८ घण्टासम्म लोडसेडिङ थियो । पुरादेशभरी बिजुली चुहावट थियो । माफियाहरुले छ्यालब्याल बिधुतको गलत प्रयोग गरेका थिए । यी सबै दलालहरुलाई कुलमानलेकरको दायारामा ल्याएर बिधुत चुहावट रोक्ने काम गरे । नेपाली जनताहरु सधै अन्धकारमा दिन रात कटाई रहेका थिए । लामो समयसम्म लोडसेडिङ हुँदा तीन करोड नेपाली जनता आजित भै सकेका थिए । नेपालमा लाेडसेडिङकाे मार सबै भन्दा बढी देशको भाबी कर्णधार बिद्यार्थी भाइ बहिनीहरुलाई परेको थियो । प्रत्येक दिन बिधुत प्राधिकरणले दिएको लोडसेडिङको समय तालिका हेरेरनेपाली जनता बस्न बाध्य थिए। बिजुली आउँदा भगवान नै आए जस्तो हुन्थ्यो । त्यतिखेर नेपालको विद्युत क्षमता ८०० मेगावाट मात्रै पुगेको थियो । तर कुलमान घिसिङ नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए पछि उहाँकै पहलमा अहिले क्षमता १हजार ४०० मेगावाट पुगेको छ । कुलमान घिसिङ उज्यालो नेपालको चर्चित नायक नेपाल बिधुत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भए पछि लगत्तै उहाँको अपार मेहनत कार्यक्षमता कार्ययोजना दुरदर्शिता भिजनले गर्दा पदभार समालेको ६ महिना भित्रमा नै नेपाललाई लोडसेडिङ अन्त्य गरि प्रत्येक रात अधेरी हुने नेपाललाई आकाशे तारा झै चम्काउनु सफलता हासिल गर्नु भएको थियो ।अहिले नेपालमा लाेडसेडिङ कम भएको पनि लक भग ४ वर्ष हुन लागेको छ । यी सबै कामको जस कुलमान घिसिङले नेतृत्व गर्नुभएको उहाँको टिमले गरेको काम कार्यकुशलता मेहनत सहित भिजनरी लिडरसिप गर्ने तीब्र क्षेमता देश जनता पर्तिको बफादारिता ठुलोकार्ययोजनाको कारण अध्यारो नेपाललाई उज्यालो नेपालमा परिबर्तन गर्न सम्भव भएको हो । नेपाल बिधुत प्राधिकरण पहिले कुल ३३अर्ब घाटामा थियो । तर कुलमान बिधुत प्राधिकरण निर्देशक नियुक्त भए पछि पूरा देशलाई उज्यालो मात्रै बनाएर पनि ३३ अर्ब ऋणतिरेर घाटामा गएको बिधुत प्राधिकरणलाई ११ अर्ब खुद नाफा दिलाउन सफल भएका छ्न ।
कुलमान घिसिङ अर्थात उज्यालो नेपालको जन्म दाता तीन करोड नेपाली बच्चा देखि बुढाबुढि बाबा आमा सबैले चिन्ने एक चर्चित नामकुलमान घिसिङ नेपाली आमाको सच्चा सपूत छोरा उज्यालो नेपालको नायक हुन पुग्नु भएको छ। नेपाललाई चाहिने एक असलईमानदार पात्रको रुपमा देखिनु भएको छ । उहाँको चौतर्फी चर्चा चुलिएको छ , देशको गल्ली गल्लीमा । कुलमान घिसिङ हरेकनेपालीहरुको मन भित्र बस्न सफल एक असल नेतृत्व बन्नु भएको छ। एक महान ब्यक्ति कुलमान घिसिङ अहिले चार तिर नेपालीजनताको मानसिकतामा सजिनु भएको छ । उहाँले बिधुत प्राधिकरणमा खेल्नु भएको भुमिका नेपाली जनताले सधै याद गर्ने छ्न भनेनेपाली इतिहासमा बिधुत प्राधिकरणको स्वर्ण युग भनेर सुनौलो अक्षरले लेखिने छ ।
जनताले कुलमान घिसिङको कार्य सम्पादन, कार्य कुशलता, ईमानदारी मेहनत बाट अन्धकार नेपाललाई उज्यालो नेपालमा परिबर्तन गर्नसफल हुनु भएको थियो । त्यसैले कुलमान घिसिङ अर्थात उज्यालो नेपालको हिरो कुलमान घिसिङलाई तमाम नेपाली जनताले मनमाबसाउनु स्वभाविक हो । काम गरे पछि हुन्छ भन्ने ज्वलन्त उदाहरण कुलमान घिसिङले देखाई सक्नु भएको छ । तसर्थ तमाम जनतालेएकदम रुचाउने नेपाली जनताको मनमुटुमा बस्न सफल हुनु भएको छ । कुलमान घिसिङको ४ बर्ष कार्यकाल सकिने बेलामा पूरा नेपालीजनताहरु कुलमानलाई फेरि अर्को कार्यकालको लागि बिधुत प्राधिकरणको निर्देशक बनाउन सबै नेपाली जनताले दबाब दिदै आएकाछ्न । तर दु:खद कुरा कुलमान घिसिङको ४ बर्ष कार्यकाल सकिन अन्तिम समय हुदा पनि नेपाल सरकारमा भएको सत्तारूढ दल अनिसम्मानित प्रधानमन्त्री केपि वोलिले नै मौनता देखाएका छ्न भने उर्जा मन्त्री बर्षमान पुनको प्रस्तावलाई प्रक्रिया नपुगेको भनेर टार्ने कामभएको छ। समग्रमा सबै कुरालाई बिश्लेसण गर्दै सरकारको रबैयालाई मध्य नजर लगाउदा अहिले सरकार कुलमान घिसिङको दोश्रोकार्यकालको लागि नियुक्ति दिन चाहिरहेको छैन भने प्रष्टसग बुझ्न गाह्रो भएन । विपक्षदल नेपाली काङ्ग्रेस पनि चुपचाप मौनतादेखाएर बसेको छ ।
नेपाली जनताबाट अनुमोदित भै आफ्नो अदभूत क्षमता देखाई सकेको उज्यालो नेपालको नायक कुलमान घिसिङलाई दोश्रोकार्यकालको लागि बिधुत प्राधिकरणको निदर्शक हुन किन र कसले छेक्यो ? कस्ले रोक्यो ? कुन कानुनले दिएन ? प्रधानमन्त्री ज्यु ! तपाईंको एक आदेशमा कुलमान घिसिङ दोस्रो कार्यकालको लागि नियुक्ति हुन सक्नु हुन्थ्यो। तर त्यो गर्नु भएन यो दु:खद कुरा हो । जनमतको अबहेलना गर्नु भयो नेपाली जनताको सडककाे आवाज लाई सुन्नु भएन । यस्को हिसाब नेपाली जनताले ब्याज सहित प्रदानगर्ने छ्न । समय आए पछि बिचार गर्नु होला । जनताले चाहेको खण्डमा कस्ता कस्ता शासन सत्ता राजा माहाराजा त सत्ताचियुत भए जनताको मर्म भावना सङ्ग खेल्दा खेरी बिचार गर्नु होला। नेपाली जनताहरु पुरा सामाजिक संजाल देखि सडक आन्दोलन सम्म गर्दादेखेर पनि नदेखेको जस्तो गर्नु भएको छ । सुनेर पनि नसुने जस्तो गर्नु भएको छ । सायद कुलमान घिसिङ कुनै राजनीतिदलको मान्छेनभएर होला नेताको आफ्नो नातेदार आफ्नो भाइ बहिनी छोरा ज्वाइँ अथवा आफ्नो पार्टीको त्यहीँ भित्रको आफू निकटकाे मान्छे नभएकोकारणले नै कुलमान घिसिङको पक्षमा यति धेरै जनदबाब हुँदा पनि चुपचाप गुपचुप बसेको छ सरकार ।
नेपालको इतिहासमा गिरिजाप्रसाद कोइराला सातौं पटक प्रधानमन्त्री बने। पुस्प कमल दाहाल दुई पटक प्रधानमन्त्री बने । केपि वोलिदुई पटक प्रधानमन्त्री बने। रास्ट्रपति बिद्या भण्डारी दुई कार्यकाल रास्ट्रपति बनिन् । उपराष्ट्रपति नन्दकिशोर पुन दुई कार्यकाल उपराष्ट्रपति दोहोरिन पाए शेरबहादुर देउवा ३/४ पटक प्रधानमन्त्री बने कुनै निति नियम लागु भएन ।
देश लोडसडिङ हटाएर चौतर्फी नाम कमाएको कुलमान घिसिङलाई दोस्रोपटक कार्यकालको नियुक्तिको लागि जनताको साथ पुर्ण भए पनि सरकार किन बाधक छ ? सम्धीहरु लाई राज्यको प्रमुख अङ्गहरु सातौं पटक राजनीति नियुक्ति दिने कुलमान घिसिङलाईदेखेर किन एलर्जी हुन्छ ? हाम्रो देशको शासकहरुलाई अहिलेको खडा भएको गम्भीर प्रश्नचिह्न यहि हो।
नेपालमाको ईतिहासमा भिन्न काल खण्डमा हजारौं नेपाली जनताहरुको ठुलो त्याग तपस्या सघर्स बलिदान बाट प्राप्त भएको उपलब्धिहरुलाई केही सामन्तवादी सोचाइबाट ग्रसित मानसिकता बोकेको मान्छेहरुको कारणले देश अस्थिरताको भुमरीमा परेको तितोयथार्थ हामी माझछ। हिजोको दिनहरूमा राजा महाराजहरु रजौटा दरबारियाहरुको कारण देशमा बिकास नभएको हो । जनतालेअधिकार नपाएको तमाम नेपाली जनता गरिब भएको भनेर राज्य विरुद्ध भीषण आन्दोलन गरेर २०५२ सालबाट शुरूवात भएकोजनयुद्धको जगमा इतिहासिक २०६२/२०६३ को जनआन्दोलनबाट नेपालको जाहनिया राज्य सत्तालाई तमाम नेपाली जनताकोसहयोगमा
सत्ताच्युत गरियो । गणतन्त्र ल्याउनको लागि हजारौं संख्यामा नेपाली जनताको छोराछोरीले देश जनताको मुक्तिको लागि आफ्नोअमुल्य जीवनलाई आहुती दिएर सहिद भएर गए । संघर्सको क्रममा व्यापक अङ्ग भङ्ग भए। नारीहरुको सिन्दुर पुछिए । बालबालिकाटुहुरा बने बुढाबुढी बाबा आमा बुढेसकालमा ब्यसाहारा भएका छ्न। उनीहरुको सम्पुर्ण लालन पालन पोषन सरकारले जिम्मेवारी लिनुपर्छ । रगतको होलि खेलेर आएको गणतन्त्र हो त्यतिकै भाडा कुटि खेल्दा आएको होईन । गणतन्त्र नेपाली जनताले गणतन्त्र चाहियोभनेर कसैले ला भनेर दिइएको कदापि होईन । नेपाली जनताको रगतको भेलले बगाएर यहाँ सम्म आएको गणतन्त्र हो । अहिलेकोशासनमा रहेको राजनीतिक नेताहरुलाई हेक्का रहोस् । जनताको अधिकारको बिषयमा देशको बारेमा खेलाची गर्ने काम नगर्नु होला ।
नयाँ नेपालको परिकल्पना सहित सुनौलो भबिस्य लिएर आएको गणतन्त्र हो । तानाशाही फासीबादी शैलीमा दलाल भस्टचारिहरुकमिसनखोर भुमाफिया बिचौलिया डन बिदेशी एजेन्डहरुले चलाउने हो भने सरकार नातावाद आसे पासे राजनीति झोलेहरुलाईअराजकता गतिविधि गर्ने दिने हो भने कार्यपालिका न्यायपालिका ब्यवस्थापालिकामा राजनीति नियुक्ति गरियो भने पकै पनि राज्यमाशान्ति शुसान बिकास जनताको अधिकार तहस नहस हुने छ । अब सम्पुर्ण देश भक्त नेपालीहरुले गम्भीर भएर सोच्ने बेला आएको छकुलमान घिसिङलाई बिधुत प्राधिकरणको कार्यकारी निदर्शकमा फेरि दोश्रो कार्यकालको लागि नियुक्ति गर्न देश ब्यापी आन्दोलन गरौ।