Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रहरी भ्यानबाटै बलात्कार अभियुक्त फरार

प्रहरी भ्यानबाटै बलात्कार अभियुक्त फरार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७९ सोमवार • १०:१५:३० बजे
  • 385
    SHARES
  • प्रहरी भ्यानबाटै बलात्कार अभियुक्त फरार

    धनुषा प्रहरीको भ्यानबाट हाम फालेर एक अभियुक्त फरार भएका छन् ।

    images

    बलात्कार मुद्दामा पक्राउ परेका सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया आइतबार हतकडीसहित प्रहरी भ्यानबाट फरार भएका हुन् ।

    धनुषा प्रहरीका अनुसार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा मुखिया कमला नहर नजिक भ्यानबाट हामफालेर भागेका हुन् ।

    रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology