Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सिंहदरवारभित्रै अखाद्य वस्तु भेटियाे, ३ लाख जरिवाना

सिंहदरवारभित्रै अखाद्य वस्तु भेटियाे, ३ लाख जरिवाना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७९ सोमवार • १०:१७:४४ बजे
  • 520
    SHARES
  • सिंहदरवारभित्रै अखाद्य वस्तु भेटियाे, ३ लाख जरिवाना

    देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार परिसर भित्र रहेको क्यान्टिनमा म्याद गुज्रिएका अखाद्य खानेकुरा तथा मसला भेटिएको छ ।

    images

    वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको आकस्मिक अनुगमनका क्रममा खान अयोग्य वस्तु फेला परेको हो ।

    विभागको बजार निरीक्षण अधिकृतको टोलीले गरेको अनुगमनका क्रममा उक्त क्यान्टिनमा खानयोग्य अवधि सकिएका तथा लेबलै नभएका मसला, दुग्धजन्य पदार्थ, दुर्गन्धित मासु र तरकारी समेत फेला परेको विभागले जनाएको छ ।

    यससँगै टोलीले त्यस्ता वस्तुहरू तत्काल नष्ट गरेको जनाएको छ ।

    अखाद्य बस्तु प्रयोग गर्ने ‘कञ्चन चमेना गृह’ र यसका सञ्चालक उत्तम भट्टलाई उपभोक्ता हित विपरीतको कसुर गरेको भन्दै तत्काल ३ लाख रुपैयाँ जरिवाना समेत गरिएको विभागले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ३ लाख जरिवाना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology