ललितपुरमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरका विभिन्न अस्पतालमा कोरोना भाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले एक प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ।
कार्यालयको विज्ञप्ती अनुसार पाटन अस्पतालमा उवचाररत सर्लाहीका ६० वर्षीय पुरुषको निधन भएको हो । उनी भदौ २६ गते भर्ना भएका थिए ।
त्यस्तै भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला, भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको हो।
त्यसैगरी मेघा अस्पतालमा उपचाररत भक्तपुरकी ९० वर्षीया महिलाको पनि आज मृत्यु भएको हो । उनी असोज १ गते अस्पतालमा भर्ना भएकी थिइन् ।
