Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७९ सोमवार • १८:२९:११ बजे
  • 625
    SHARES
  • सन्दीपलाई सर्वोच्चले दियो विदेश जाने अनुमति

    नाबालिग बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले विदेश जाने अनुमति दिएको छ ।

    images

    सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार सन्दीपलाई विदेश जान दिने निर्णय गरेको हो ।

    लामिछानेको मुद्दामा आइतवारदेखि जारी सुनुवाइ सकिएसँगै सर्वोच्चले थुनामा फर्काउनु नपर्ने ठहरसहित विदेश जाने अनुमति दिएको हो । सन्दीपले आफूलाई क्रिकेट खेल्न जान दिनुपर्ने माग गर्दै निवेदन दिएका थिए भने महान्यायाधीवक्ताको कार्यालयले भने सन्दीपलाई थुनामा राखेर अनुसन्धान गर्नपर्ने भन्दै निवेदन दिएको थियो ।

    दुवै निवेदनमा एकसाथ सुनुवाइ भएको थियो । त्यसपछि न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासबाट सन्दीपलाई राहत दिने गरी आदेश आएको हो ।

    नाबालिग बलात्कार अभियोग लागेका सन्दीपलाई उच्च अदालत पाटनले विदेश जान रोक लगाउँदै २० लाख धरौटीमा जेलमुक्त गरेको थियो। उनीविरूद्धको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

    सन्दीपलाई एकजना नाबालिगलाई बलात्कार गरेको अभियोग लागेको थियो । त्यसपछि उनलाई जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको थियो। जिल्लाको उक्त आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन गएका थिए ।

    जहाँ गत पुस २८ गते उच्च अदालतले सन्दीपलाई थुनाबाट रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशपछि उनी पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएर नेपाली राष्ट्रिय क्रिकेट टोलीमा फर्किएका थिए ।

  • सम्बन्धित विषय:

  • # विदेश जाने अनुमति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology