Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईसीसी यू-१९ विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित

आईसीसी यू-१९ विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १५, २०७९ सोमवार • १८:३१:०३ बजे
  • 700
    SHARES
  • आईसीसी यू-१९ विश्वकप छनोट : नेपालको लगातार तेस्रो जित

    आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार तेस्रो जित निकालेको छ ।

    images

    पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई २ सय ४३ रनको विशाल अन्तरले पराजित गरेको नेपालले तेस्रो खेलमा हङकङलाई नौ विकेटले पराजित गरेको हो ।

    यो फराकिलो जितसँगै नेपाले छनोटको सम्भावना बलियो बनाएको छ । आज (सोमबार) युएईको मलेक क्रिकेट ग्राउन्ड एकमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ दशमलब १ ओभरमा १ विकेटको गुमाउँदै भेटायो ।

    नेपाललाई सानदार जित दिलाउनका लागि ओपनर आकाश त्रिपाठी र उत्तम रञ्जु थापा मगर ९८ रनको साझेदारी गरे । आकाश ६४ र उत्तम ३९ रनमा नटआउट रहे । त्यसअघि टस जितेर ब्याटिङ गरेको हङकङले ४६ दशमलब ३ ओभरमा १ सय २० रन मात्रै बनाएको थियो । हङकङका लागि पार्थ भावत ३६, मोहम्मद अलियान जाहिर २९ र आशना त्रिवेदी ११ रन जोडेका थिए ।

    अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । नेपालका हेमन्त धामाीले ३, आकाश चन्द र सुवास भण्डारीले समान २÷२ विकेट लिएका थिए । त्यस्तै दिपेश कँडेलले १ विकेट लिएका थिए ।

    ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउनेछ । प्रतियोगितामा नेपाल, हङकङ, मलेसिया, सिंगापुर, युएई र कुवेत सहभागी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology