Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाँच केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय

पाँच केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७९ मंगलवार • ११:४१:५८ बजे
  • 619
    SHARES
  • पाँच केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने क्यानको निर्णय

    नेपाल क्रिकेट संघ (क्यान) ले पाँच जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    images

    क्यानको सुर्खेतमा सम्पन्न साधारणसभाले केन्द्रीय सदस्यहरू संजयराज सिंह, दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतरा क्षेत्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

    उनीहरूलाई विधानविपरित संघको विरूद्धमा पत्रकार सम्मेलन गरेको र साधारणसभामा अनुपस्थित भएको आरोप लगाइएको छ ।

    यसअघि पाँच केन्द्रीय सदस्यसहित राखेपबाट प्रतिनिधि भएर केन्द्रीय सदस्य बनेका छुम्बी लामा र धर्मराज गिरीले नेपाल टी–२० लिग भारतीय कम्पनीलाई दिएर क्यानले ऐनविपरित काम गरेको भन्दै अध्यक्ष चतुरबहादुर चन्दसहित तत्कालिन कार्यवहाक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह, सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्काको राजीनामा मागेका थिए ।

    साथै कार्यवहाक सचिव नियुक्ति प्रक्रिया विधान विपरित भएको र टी–२० लिगमा भएको स्पट फिक्सिङमा क्यान नेतृत्व पनि दोषी रहेको भन्दै राष्ट्रिय खेलकुद परिषदमा कारबाहीका लागि निवेदन दिएका थिए ।

    साधारणसभाले पाँच जना केन्द्रीय सदस्यबाट चित्त बुझ्दो जवाफ नआए निलम्बन गर्न केन्द्रीय समितिलाई अधिकार दिएको छ । यस्तै क्यानले खेलकुद परिषदमा दिएको निवेदनमा समर्थन गरेको भन्दै बागमति प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्नेतलाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # पाँच केन्द्रीय सदस्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology