Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

विमानस्थलमा डरलाग्दो सेटिङ

विमानस्थलमा डरलाग्दो सेटिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७९ मंगलवार • १५:५२:३३ बजे
  • 295
    SHARES
  • विमानस्थलमा डरलाग्दो सेटिङ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट संगठित रुपमा हुने तस्करीको पर्दाफास भएको छ । प्रयोग गरिएका पुराना सामान विदेशबाट ल्याउँदा त्यसभित्र नयाँ सामान लुकाएर भन्सार कर्मचारीकै लिमेमलोमा संगठित रुपमा तस्करी हुने गरेको खुलेको छ ।

    images

    राजस्व अनुसन्धान विभागले यस विषयमा छानबिन थालेपछि विमानस्थल भन्सार कार्यालयमा हंगामा मच्चिएको छ । विभागले गत मगलबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छुटेका आठवटा गाडी नियन्त्रणमा लिएर छानबिन गर्दा भन्सार तिरेको भन्दै धेरै सामान देखिएको छ । पुराना सामानभित्र लुकाएर महंगा सामान तस्करी गर्न लागिएको थियो ।

    विदेशबाट प्रयोग भएका कपडालगायत सामान स्वेदश ल्याउँदा भन्सार तिर्नु नपर्ने सुविधा छ । सुविधाको दुरुपयोग गरी त्यस्ता सामानभित्र महँगा नयाँ सामान लुकाएर भन्सार छली हुने गरेको सूचनाका आधारमा विभागले भन्सार पास भएका सामान राखिएका आठवटा गाडी नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानमा पुराना सामानभित्र नयाँ सामान लुकाइएको भेटिएको छ । केहीमा नयाँ कपडा, जुत्ता तथा विद्युतीय सामान भेटिएका हुन् ।

    यसमा भन्सारका कर्मचारीहरुको समेत मिलेमतो छ । एयरपोर्ट भन्सारका प्रमुख अरुण पोखरेल समेत यसमा छानबिनमा तानिएका छन् । उनी यसअघि वीरगञ्ज भन्सारमा सेटिङ मिलाई अकुत कमाउन सफल कर्मचारी हुन् ।

    पछिल्लो समय लक्ष्यअनुसार भन्सार राजस्व न्यून मात्र उठेपछि यसमा तस्करी र कर्मचारीको मिलेमतोको समेत आरोप लाग्दै आएको छ । राजस्व अनुसन्धान विभागले पछिल्लो समय भन्सारमाथि निगरानी बढाएर भन्सार छलीका गाडीहरू धमाधम नियन्त्रणमा लिएर छानबिन थालेको छ । जसकारण भन्सार कार्यालयहरुका कर्मचारीहरु त्रसित भएका छन् ।

    केही गिरोह महानिर्देशक नारायण सापकोटलाई विभागबाट हटाउने खेलमा समेत लागेको स्रोत बताउँछ । नेपालका भन्सार कार्यालयमा व्यापारी, भन्सार एजेन्ट र कर्मचारीको डरलाग्दो सेटिङ छ ।

    सस्तो सामानभित्र लुकाएर महंगा सामान ल्याउने र भन्सारमा सेटिङ मिलाउने प्रवृत्ती व्याप्त छ । पछिल्लो समय खुलेआम यस्तो धन्दा चलेका कारण देशको राजश्वमा ठूलो धक्का लागेको छ । भन्सारमा हुने यस्तो सेटिङ आधा मात्र कम गर्न सके विदेशबाट कुनै आर्थिक सहयोग तथा ऋण नै लिन नपर्ने कर्मचारीहरु बताउँछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology