Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मलेसियालाई १० विकेटले हराउँदै नेपाल विश्वकप नजिक

मलेसियालाई १० विकेटले हराउँदै नेपाल विश्वकप नजिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १६, २०७९ मंगलवार • १५:५४:२६ बजे
  • 595
    SHARES
  • मलेसियालाई १० विकेटले हराउँदै नेपाल विश्वकप नजिक

    आईसीसी यू-१९ एसिया विश्वकप छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ ।

    images

    आज (मंगलबार) यूएईको अजमानस्थित मलेक क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ राजेको मलेसियाले नेपाललाई ७३ रनको लक्ष्य दिएको थियो ।

    नेपालले ९ ओभारमा कुनै पनि विकेट नगुमाई उक्त लक्षय पूरा गर्यो । नेपालका लागि दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए । दीपकले २९ बलमा ८ चौकासहित ३८ रन बनाएका हुन् भने अर्जुन २५ बलमा ३ चौकाको मद्दतले २१ रन बनाएका थिए । नेपालले मलेसियाबाट अतिरिक्त १४ रन पाएको थियो ।

    यसअघि पहिले ब्याटिङ गरेको मलेसियाले ३५ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै ७२ रन बनाएको थियो । मलेसियाका लागि मोहम्मद मलेकले सर्वाधिक २६ रन बनाएका थिए ।

    त्यस्तै मोहम्मद हरिसन र साहिर स्यामेलले १२/१२ रन बनाए । नेपालका लागि दिपेश कण्डेलले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै आकाश चन्दले ३, मिलन बोहोराले २ र सुवास भण्डारीले १ विकेट लिए ।

    यो जितसँगै आगमी वर्ष श्रीलंकामा हुने विश्वकपमा पुग्नबाट नेपाल एक जित टाढा रहेको छ । शीर्ष स्थानमा उक्लिएको नेपालले बिहीबार युएईलाई पराजित गर्न सके २०२४ मा हुने यू१९ विश्वकप खेल्न पाउनेछ ।

  • सम्बन्धित विषय:

  • # नेपाल विश्वकप नजिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology