Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आईसीसी विश्वकप लिग–२ खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

आईसीसी विश्वकप लिग–२ खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७९ बुधवार • १६:१५:१३ बजे
  • 1.7K
    SHARES
  • आईसीसी विश्वकप लिग–२ खेल्न सन्दीप लामिछाने यूएई प्रस्थान

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्न युनाइटेड अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।

    images

    उनी आज (बुधबार) दिउँसो तीन बजे यूएई प्रस्थान गरेका हुन् । उनीसँग एक जना क्यानका सदस्य पनि गएका छन् । भोलि (बिहीबार) आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपाल र युएईको खेल हुँदैछ ।

    आईसीसीले खेल्ने अनुमति दिएमा सन्दीपले भोलिको खेल खेल्नसक्ने भएकाले उनी आजै युएई गएका हुन् ।

    आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज युएईमा भइरहेको छ । पहिलो खेलमा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology