Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीमा बढी सङ्क्रमण

अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीमा बढी सङ्क्रमण

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन ३, २०७७ शनिवार • १९:१४:३३ बजे
  • 961
    SHARES
  • अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीमा बढी सङ्क्रमण
    कोभिड–१९ को सङ्क्रमण पछिल्ला दिनमा स्वास्थ्यकर्मीमा बढी देखिन थालेको छ । मुलुकभर कोभिड–१९ को सङ्क्रमित बढिरहेको बेला उपत्यकामा अग्रपङ्क्तिमा काम गरिरहेका स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिन थालेको हो ।

    सङ्क्रमणको रोकथाम तथा नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीसँगै स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिन थालेको छ ।

    सङ्क्रमणको उपचारमा खटिने स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए ।

    स्वास्थ्यकर्मी सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष संलग्न हुने भएकाले सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

    उनका अनुसार उपत्यकामा मात्र अहिलेसम्म ६०० भन्दा बढीमा सङ्क्रमण देखिएको छ । उनले कोभिड–१९ अस्पताल, कोभिड–१९ को परीक्षण गर्ने, होम आइसोलेसन, क्वारेन्टिन, कन्ट्र्याट ट्रेसिङमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी बढी सङ्क्रमण भएको बताए ।

    उपत्यकामा अहिलेसम्म १५ हजार १३८ जना सङ्क्रमण भइसकेका छन् । शुक्रबार मात्रै ८५९ जना सङ्क्रमित भएका थिए । सबभन्दा बढी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।

    अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासका अनुसार शिक्षण अस्पताला १५० भन्दा स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ ।

    तीमध्ये २१ चिकित्सक, अधिकांश नर्स र वार्ड सहयोग रहेका छन् । उनले सङ्क्रमितमध्ये धेरै निको भएर घर फर्किसकेको जानकारी दिए । अहिले उक्त अस्पतालमा २७ जनामात्र स्वास्थ्यकर्मी सक्रिय सङ्क्रमित छन् ।

    यस्तै वीर अस्पतालमा ११५ जना स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको छ । वीरका कार्यकारी निर्देशक डा केदार सेञ्चुरीका अनुसार तीमध्ये २५ चिकित्सक, ३५ नर्स र अन्य वार्ड तथा प्रशासनमा रहेका कर्मचारी रहेका छन् ।

    सङ्क्रमितमध्ये २५ प्रतिशत निको भएर काम गर्न आइसकेको उहाँले जानकारी दिनुभयो । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आठ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुई चिकित्सक र अन्य नर्स रहेका छन् ।

    अस्पतालका निर्देशक डा सागरराज भण्डारीले दुई चिकित्सक र एकजना नर्सको निको भइसकेको र अन्य पाँचजना होम आइसोलेसनमा रहेको जानकारी दिए ।

    अहिले मुलुकभरि ६१ हजार ५९३ जनामा सङ्क्रमण देखिएको छ भने ४३ हजार ८२० जना सङ्क्रमण निको भएर घर फर्किसकेका र ३९० जनाको सङ्क्रमणबाट निधन भएको छ ।रासस

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology