Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रेन्जो नेपाली फुटबल राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त

रेन्जो नेपाली फुटबल राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १७, २०७९ बुधवार • १७:३३:३८ बजे
  • 580
    SHARES
  • रेन्जो नेपाली फुटबल राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त

    अखिल नेपाल फुटबल संघ एन्फाले राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा इटालियन नागरिक भेन रेन्जो अल्बर्टो एनेसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    images

    विवादकाबीच बुधबार ललितपुरमा बसेको एन्फा कार्यसमितिको बैठकले ३ जना सहायक महासचिव नियुक्त गर्ने पनि निर्णय गरेको छ । बैठकले बसन्त अर्याल, दामोदर भट्टराई र अरुणमान जोशीलाई सहायक महासचिव नियुक्त गरिको हो ।

    बैठकले सिइओ नियुक्तीका लािग सूचना प्रकाशन गर्ने र सह कोषाध्यक्ष्मा पूर्णमान चित्रकारलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    बैठकले चैत्र ६ गतेदेखि १७ गतेसम्म हुने नेपाल भुटान लाओस सम्मिलित अन्तराष्ट्रिय प्रतियोगीतालाई प्रधानमन्त्री थ्रिनेसन कप नामाकरण गर्ने र प्रतियोगिताको लागि टिकट दर साधारण प्यापिट तर्फ रु ५०० र भि आई पि तर्फ रु १००० तोक्ने निर्णय गरेको छ ।

    त्यस्तै पेरिस ओलम्पिक २०२४ महिला छनोट एसिया क्वालिफायर राउण्ड १ को समुह सि को खेल चैत्र २० देखि २८ गतेसम्म नेपाल, भियतनाम, अफगानिस्तानको सहभागितामा दशरण रंगशाला आयोजना गर्ने निर्णय भएको छ भने जिल्ला लिग आगामी वैशाख महिना बाट सन्चालन गर्ने निर्णय गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology