Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट

नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १२:२९:१३ बजे
  • 703
    SHARES
  • नेपाललाई पहिलो सफलता, करण केसीले लिए विकेट

    आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले एक विकेट लिएको छ ।

    images

    यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि करण केसीले विकेट लिएका हुन् ।

    यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ राजेको नेपालले पहिलो ओभरमै सफलता हात पारेको हो । केसीले मोहम्मद वासिमको विकेट लिएका हुन् । पहिलो ओभरमा करणले मेडन ओभर फाल्दै १ विकेट लिएका हुन् ।

    नेपाली कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोहितले लगातार छैठौं पटक टस जितेका हुन् । आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन् ।

    मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन् ।

  • सम्बन्धित विषय:

  • # करण केसीले लिए विकेट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology