Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १६:२२:३७ बजे
  • 469
    SHARES
  • यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

    आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा यूएईले नेपाललाई २ सय ८ रनको मध्यम लक्ष्य दिएको छ ।

    images

    दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ७ रन बनायो ।

    यूएईका लागि ओपनर आसिफ खानले ९९ बलमा ५ चौका र ३ छक्कासहित सर्वाधिक ७२ रनको योगदान गरे । रोहन मुस्तफा ७६ बलमा २ चौकासहित ५२ रनमा अविजित रहे ।

    तीव्र गतिका बलर करण केसीले पहिलो ओभरको पाँचौं बलमा ओपनर मोहम्मद वासिमलाई शून्यमा बोल्ड आउट गरे ।

    दोस्रो विकेटका लागि वृत्य अरविन्द र आसिफले ४६ रनको साझेदारी गरेका थिए । वृत्य सन्दीपको बलमा १८ रनमा कुशल भुर्तेलबाट क्याच आउट भए ।

    कप्तान सिपी रिजवान ४० बलमा १ चौकासहित २२ रनमा आउट भए । मुस्तफा र आसिफले चौथो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । आर्यन लर्कान २८ रनमा आउट भए ।

    नेपालका सन्दीप लामिछानेले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । करण केसी, आरिफ शेख र कुशल मल्लले एक एक विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # २०८ रनको लक्ष्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology