Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आईसीसी विश्वकप लिग-२ : नेपाल यूएईसँग पराजित

आईसीसी विश्वकप लिग-२ : नेपाल यूएईसँग पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १८, २०७९ बिहिवार • १९:०५:२५ बजे
  • 643
    SHARES
  • आईसीसी विश्वकप लिग-२ : नेपाल यूएईसँग पराजित

    आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्क सिरिजमा नेपाल यूएईसँग ६८ रनले पराजित भएको छ ।

    images

    युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । २०८ रनको लक्ष्य पछ्याएको नेपाल ३१.५ औं ओभरमा १३९ बनाउँदै अलआउट भयो ।

    नेपालका लागि कुशल मल्लले सर्वाधिक ६० रन बनाएका थिए । उनले ५४ बलामा ९ चौका र १ छक्का प्रहार गरेका थिए । नवौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप लामिछानेले २६ रन बनाए भने आशिफ शेखले १७ रन हानेका थिए ।

    अरू कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । ज्ञानेन्द्र मल्ल २.३ ओभरमा बिनारन आउट हुँदा कप्तान पौडेल दुई बलै बिनारन आउट भएका थिए । त्यस्तै एक ओभर खेलको आरिफ पनि शून्य रनमा आउन भए ।

    नेपालका लागि ब्याटिङ गरिरहेका आसिफ सेखले ८.५ ओभरमा १७ रन बनाएर आउट हुँदा ओपनर कुशल भुर्तेल १.२ ओभरमा ५ रन बनाएर आउट भएका थिए । त्यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको युएईले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७ रन बनाएको थियो । युएईका लागि आशिफ खानले सर्वाधिक ७२ रन बनाएका थिए ।

    ९९ बल खेलेका खानले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । त्यस्तै रोहन मुस्ताफाले नटआउट ५२ रन बनाएका थिए । आर्यन लाक्राले २८ रन बनाउँदा कप्तान सिपी रिजवानले २२ तथा भित्य अर्बिन्दले १८ रन बनाएका थिए।

    लिग– २ को मा नेपालले ३० खेलमा १३ जित निकाल्दा १५ हार बेहोरेको छ । नेपाल २८ अंकसहित छैटौं स्थानमा छ । युएई ३० खेलमा १४ मा जित र १३ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ।

    नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै करण केसी आसिफ शेख र कुशल मल्लले १÷१ विकेट लिएका थिए ।

  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप लिग-२
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology