Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७९ शुक्रवार • १२:१०:४४ बजे
  • 301
    SHARES
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

    नवलपरासी र कञ्चनपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

    images

    नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका–२ मा मोटरसाइक दुर्घटना हुँदा मोटरसाइकलमा सवार रामग्राम नगरपालिका १७ का ३४ वर्षीय शैलेश यादवको मृत्यु भएको छ ।

    सोही दुर्घटनामा घाइते भएका २७ वर्षीय आशिषकुमार यादवको युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । प्रदेश ३ ०३–००१ प ४९६३ नम्बरको मोटरसाइक अनियन्त्रित भएर पल्टिएको थियो ।

    चालक को भन्ने नखुलेको प्रहरीले जानकारी दिएको छ ।

    उता कञ्चनपुरको बेलौरी नगरपालिका ६ मा हिजो ट्याक्टर दुर्घटना हुँदा चालक बेलौरी नगरपालिका ३ का ४५ वर्षीय शिवचरण चौधरीको मृत्यु भएको छ । से १ त १८३५ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भएर पल्टिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology