Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सुकुम्वासी बस्तीमा नगर प्रहरी प्रमुखलाई आक्रमण गर्ने दुई जना पक्राउ

सुकुम्वासी बस्तीमा नगर प्रहरी प्रमुखलाई आक्रमण गर्ने दुई जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण १९, २०७९ शुक्रवार • १२:१२:०५ बजे
  • 292
    SHARES
  • सुकुम्वासी बस्तीमा नगर प्रहरी प्रमुखलाई आक्रमण गर्ने दुई जना पक्राउ

    थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्तीमा काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा हुकुम बहादुर लामा र नारायण परिश्रमिक छन् । नारायणलाई सुनसरीबाट र हुकुम बहादुर लामालाई काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सिताराम रिजालले रातोपाटीलाई बताए ।

    मङ्सिर १२ मा थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्वासी बस्ती हटाउन खोज्दा उनीहरूले ढुंगामुढा गरेका थिए ।

    महानगरपालिकाको प्रहरी टोलीलाई घरेलु हतियार सहित प्रदर्शनमा उत्रिएका सुकुम्बासीलेहरुले आक्रमण गर्दा पाण्डे सहितका प्रहरी घाइते भएका थिए ।

    महानगरपालिकाले दिएको जाहेरीका आधारमा प्रहरीले अरोपीहरुविरुद्ध ज्यान मार्ने उद्योग र आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरेको छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology