Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १३:१९:१६ बजे
  • 1.1K
    SHARES
  • जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ घाइते

    ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

    images

    चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप दियालेको राहुटार नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए । दुर्घटनामा परी ११ घाइते भएका छन् ।

    तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

    पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

    घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology