Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आफ्नै बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ

आफ्नै बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २१, २०७९ आइतवार • १३:२५:०२ बजे
  • 586
    SHARES
  • आफ्नै  बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ

    आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् ।

    images

    आफ्नै नावालिग बहिनिमाथी यौन हिंसा गर्ने २१ वर्षीया युवतीलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रवक्ता कुमार मैनालीले जानकारी दिए । आरोपी युवती अविवाहित रहेको र बहिनी बालिका भएको प्रहरीले जनाएको छ ।

    बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिललाई पक्राउ गरेको हो । प्रवक्ता मैनलीका अनुसार बहिनीसँंग यौनजन्य गतिविधि गरेर सोको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ ।

    पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको उनले बताए । यसअघि गत जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखामा प्राप्त भएको थियो ।

    प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धान भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा प्राप्त भई अनुसन्धान थालेको परिसले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology