कुवेत - माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लव, काठमाण्डौ-कुवेतद्वारा आयोजना हुने १९औं माउण्ट एभरेष्ट कप फूटबल टुर्नामेण्टको टिम दर्ता र टाईसिट यही आगामी १० मार्च २०२३ शुक्रबारका दिन बिहानको ठिक ११.०० बजे महाबुल्लाको फुटबल मैदानमा सार्वजनिक गरिने भएको छ ।
क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई यस टुर्नामेण्टमा सहभागी हुन आव्हान गर्दै खेलको मनोरञ्जन लिनु हुन अनुरोध गरेको छ। नक आउट चरणमा खेलाईने १९औं माउण्ट एभरेष्ट कपका सम्पूर्ण खेलहरु आयोजक माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले जिम्मा दिएका सक्षम रेफ्रीहरुबाट खेलाईने छ भने रेफ्री र लाइन्स म्यानहरुको निर्णय नै अन्तिम निर्णय हुनेछ।
गत ०३ मार्च २०२३ का दिन क्लवका अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षता कुवेतको फर्वानियास्थित एभरेष्ट नेपाली होटलमा बसेको क्लवको २४२औं नियमित बैठकले टिम दर्ता शुल्क र पुरस्कार राशी तपशिल बमोजिम निर्धारित गरेको छ।
फुटवल प्रतियोगिता मा बिजेता टिम्ले ट्रफी, मेडल, प्रमाण पत्र र २५१ केडी नगदी र उपबिजेता टिमले ट्रफी, मेडल,प्रमाण पत्र र १५१ केडी नगद हात पार्ने छ । त्यसैगरि अनुशासित टिमले ट्रफी र प्रमाण पत्र, उत्कृष्ट खेलाडीले ट्रफी र प्रमाण पत्र, हाई स्कोरर ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन । त्यसैगरी उत्कृष्ट गोल रक्षक, बेस्ट फरवार्ड, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर र रेफ्रिहरुलाई पनि आयोजकले प्रमाण पत्र, मेडल र अन्य पुरस्कारले सम्मान गर्ने बताईएको छ।
तपशिल:-
टिम दर्ता र टाईसिट हुने मिति: १० मार्च २०२३, शुक्रबार
समय र स्थान: बिहानको ठिक ११ बजे, महाबुल्ला फुटबल ग्राउण्ड
टिम दर्ता शुल्क: ३५ कुवेती दिनार
खेल हुने मिति: १७ मार्च २०२३, शुक्रबार
समय: बिहानको ठिक ०८.०० बजे (उप्रान्त)
स्थान: शुकसवा फुटवल मैदान, फाहाहिल स्पोर्टस क्लव, सनैया फाहाहिल, कुवेत
थप जानकारीको लागि:
मोहन राई ९७३७२८५८, राज मल्ल ठकुरी ६००६७५७२, सुरेश गुरुङ ६६२८२२७५, डम्बर मोक्तान ५१५९३०४९, जय आले ६६१८७१०७, जगत मगर ९९२८८३२०, शिव पौडेल ६६२८१२५७, आनन्द श्रेष्ठ ६७०१००६५, आयुर घले ९६६३५६०९, सन्त लम्साल ९९१०१४०८ अर्थात क्लवका कुनै पनि सदस्यहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।