Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७९ सोमवार • १७:०९:१५ बजे
  • 685
    SHARES
  • नेपालले यूएईलाई दियो २३० रनको लक्ष्य

    आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले यूएईलाई २३० रनको लक्ष्य दिएको छ ।

    images

    दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २९ रन बनायो । नेपालको लागि भीम कार्कीले उत्कृष्ट प्रर्दशन गरे ।

    उनले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रन जोडे । पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सार्कीले एक दिवसीयमा पहिलोपटक अर्धसतक पुरा गरेका हुन् ।

    २०२२ मार्चमा भएको सिरिजमा नेपालका लागि डेब्यु गरेका भीमको राष्ट्रिय टिमबाट यो पहिलो अर्धशतक हो । सार्कीले सन्दीप लामिछानेसँग मिलेर छैटौं विकेटका लागि ५६ रनको साझेदारी गरे ।

    लामिछाने २७ रनमा आउट भए । कुशल मल्ल ३२ तथा करन केसी १७ रनमा आउट भए । यसअघि नेपालको सुरुवात राम्रो हुन सकेको थिएन ।

    ओपनरद्वय आसिफ शेख ६ र ज्ञानेन्द्र मल्ल ११ दीपेन्द्र सिंह ऐरी ४ तथा रोहित पौडेल १ रनमा आउट भएका थिए । लिग टू शृंखलाको शीर्ष तीनभित्र रहनका लागि नेपालले यो खेल जित्नैपर्ने छ ।

  • सम्बन्धित विषय:

  • # नेपालले यूएईलाई
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology