Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

यूएईमाथि नेपालको जित

यूएईमाथि नेपालको जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २२, २०७९ सोमवार • १८:५२:३९ बजे
  • 1.1K
    SHARES
  • यूएईमाथि नेपालको  जित

     आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको महत्वपूर्ण जित हात पारेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनेको छ ।

    images

    नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको दोस्रो बलमै नेपाललाई पहिलो विकेट दिलाएका थिए ।

    तर ओपनर आसिफ खानले आर्यन लाक्रासँग दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरे ।

    व्यक्तिगत ५० रनमा खेलिरहेका लाक्रालाई दीपेन्द्र सिंह ऐरीले एलबीडब्लू धरापमा पारे । तर आसिफले भृत्य अरभिन्दसँग २८ र सी रिजवानसँग २४ रनको साझेदारी गर्दै यूएईको इनिङ्स सम्हाले ।

     

    ४१औं ओभरसम्म खेलमा यूएई हावी थियो । १७४ रन बनाएको यूएईको हातमा ४ विकेट थियो । त्यसमा पनि क्रिजमा जमिरहेको आसिफले ८० रन बनाइसकेका थिए ।

    तर ४२औं ओभरको दोस्रो बलमा आसिफ खानलाई कट एण्ड बोल्ड गर्दै पभेलियनको बाटो देखाए भने तेस्रो बलमा कार्तिक मेयप्पनलाई कट एण्ड बोल्ड गरे । उनले लगातार २ विकेट लिएपछि खेल एकाएक नेपालको पक्षमा आयो ।

    ४५औं ओभरको अन्तिम बलमा सन्दीप लामिछानेले जोहर खानको विकेट लिएपछि घरेलु टोली १८७ रनमा अलआउट भयो ।

    नेपालका लागि दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले ३÷३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र आरिफ शेखको नाममा एकएक विकेट रह्यो ।

    दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भीम सार्कीको ७० रनको मदतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो ।

    नेपालको मध्यक्रमले सम्हालिएर खेल्दा निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रनको योगफल बनेको हो ।

    कुशल भुर्तेल ग्रोइन इन्जूरीका कारण खेल्न नसक्ने भएपछि नेपालले ओपनिङ जोडी परिवर्तन गरेको थियो । ज्ञानेन्द्र मल्ल र आसिफ शेखको ओपनिङ जोडी प्रभावकारी देखिएन । पावरप्ले ९१० ओभर० भित्रै नेपालले दुवै ओपनरलाई गुमाइसकेको थियो । ज्ञानेन्द्रले ११ रन बनाउँदा पपुवा न्युगिनीसँगको खेलमा ८६ रनको पारी खेल्दै टिमलाई जिताएका आशिफ ६ रनमै आउट भए ।

    तेस्रो नम्बरमा आएका कुशल मल्लले एउटा छेउबाट विकेट बचाए पनि अर्को छेउबाट कप्तान रोहितकुमार पौडेल १ रन र लिग टूमा अहिलेसम्म ब्याटिङबाट राम्रो प्रदर्शन गर्न नसकिरहेका दीपेन्द्रसिंह ऐरी ४ रनमै आउट भए ।

    कुशलले ३२ बलमा ४ चौका र २ छक्कासहित ३२ रन बनाए । १७।१ ओभरमा पाँचौं विकेट गुमाउँदा नेपालले ६८ रनमात्र बनाएको थियो ।

    भीम सार्की र सन्दीप लामिछानेले छैटौं विकेटका लागि ५६ रनको साझेदारी गर्दै पारी उकासेका थिए । जारी शृंखलाका अघिल्ला खेलमा राम्रो ब्याटिङ गरेपछि उपल्लो क्रममा तानिएका सन्दीप लामिछाने २७ रन बनाएर आउट भए ।

    त्यसपछि आएका आरिफ शेखसँग मिलेर भीमले सातौं विकेटका लागि पनि ५६ रनको अर्को साझेदारी गरे । करिअरकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा भीमले ९९ बलमा ७ चौकासहित ७० रन बनाए । आरिफ ५६ बलमा २ चौका र १ छक्कासहित ४३ रनमा अविजित रहे ।

    करण केसी १७ रन बनाएर आउट भए । प्रतिश जिसी ११ रनमा अविजित रहे । नेपालले अन्तिम चार ओभरमा ४३ रन जोडेको थियो । बलिङमा यूएईका जुनियाद सिद्धिकीले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दै ५३ रन खर्चिए । रोहन मुस्तफा र आर्यन लाक्राले २–२ विकेट लिए । कार्तिक मेइयाप्पनले १ विकेट लिए ।

  • सम्बन्धित विषय:

  • # यूएईमाथि नेपालको जित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology