Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

आगलागीमा परी दोलखामा एक वृद्धको मृत्यु

आगलागीमा परी दोलखामा एक वृद्धको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७९ मंगलवार • १०:१२:०० बजे
  • 367
    SHARES
  • आगलागीमा परी दोलखामा एक वृद्धको मृत्यु

    दोलखाको कालिन्चोक गाउँपालिका- २ डाकाका ८७ वर्षीय महवीर थामीको जलेर मृत्यु भएको छ।‌

    images

    सोमबार राति घरमा खाना खाएर आफ्नै घरमा सुतिरहेका उनको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। वृद्ध घरमा एक्लै बस्दै आएका थिए ।

    आगलागीमा परेर वृद्धको शरीर पूर्णरुपमा जलेको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक राजेश सिग्देलले बताए। आगलागीबाट वृद्धको एकतले घर जलेर पूर्ण रुपमा नष्ट भएको छ।

    घरमा आगलागी भएको बुधबार बिहान मात्र जानकारी भएको प्रहरी निरीक्षक सिग्देलले बताए ।

    थामीको घरमा आगलागीको कारण विजुली सर्ट भइसकेपछि बिहान मात्र स्थानीयले थाहा पाएका थिए।

  • सम्बन्धित विषय:

  • # एक वृद्धको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology