Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मोटरसाइकल दुर्घटना, एकको मृत्यु

मोटरसाइकल दुर्घटना, एकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

फाल्गुण २३, २०७९ मंगलवार • १६:११:४६ बजे
  • 379
    SHARES
  • मोटरसाइकल दुर्घटना, एकको मृत्यु

    काठमाडौं महानगरपालिका–३२ कोटेश्वकरमा प्रदेश ३–०२–००९ प ७००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका–५ ताथली बस्ने ४२ वर्षीय मधुकर बालाको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेज सिनांमगलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जना महिलाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    त्यस्तै, सर्लाही, बलरा नगरपालिका–२ हथियौलमा एचआर २६ सिएच ९७०६ नम्बरको भारतीय कारको ठक्करबाट सोही ठाउँ बस्ने हरेशर सहनीको छोरी १८ महिनाकी माया कुमारीकोको सोमबार साँझ मृत्यु भएको छ ।

    कारको ठक्करबाट गम्भिर घाइते भएकी उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    धनुषाको मिथिला नगरपालिका–१० लालगढमा प्र.२–०२–००३ प ७७४३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ पुरुषको सोमबार राति मृत्यु भएको छ ।

    ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जानकी हेल्थ केयर जनकपुरधाममा उपचार भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # एकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology